सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन

होमल्याण्ड खबर

२०७९ श्रावण १६ गते, सोमबार १४:२८ मा प्रकाशित

सरकारकाले प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नगरेको भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् ।

सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयअगाडि नायब सुब्बा बचाउ अभियानसहित अन्य सरकारी निकायका सम्पूर्ण नासुहरूले आन्दोलन गरेका हुन्।

नासुका रूपमा १० वर्ष काम गरेकाहरूलाई एक तह र १० वर्षभन्दा माथि काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐनमा राख्नुपर्ने उनीहरूको माग रहेको छ। आफ्ना माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्।

उनीहरुले बिहान ९:२५ देखि ९:५५ बजेसम्म प्रदर्शन गरेका हुन् । सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकर अन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।