९ मंसिर २०८१, आईतवार
सोमवार दिनभरको उदारचढावबीच शेयर बजार जम्मा १.१५ अंकको वृद्धिमा बन्द भएको छ । सोमवार विहान ११ बजेबाट बजार खुल्नासाथ २३ अंकले घटेको बजार साढे ११ मै २८ अंकले बढ्यो । आज उकालो लाग्ने र ओरालो झर्ने क्रमबीच ३ बजे कारोबार बन्द हुने समयमा भने बजार ०.०५ प्रतिशतले बढेर २१२६.२५ अंकमा सीमित भएको छ ।
सोमवार २१७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५ लाख कित्ता शेयरको ६७ हजार पटक कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब ६७ करोड पुगेको छ ।
सोमवार बजारमा झिनो अंकमा बढेको दिन सबैभन्दा बढी कमाउनेमा भने बुटवल पावर कम्पनी रहेको छ । यसको शेयर मूल्य ६.९५ अंकले बढेको छ । सोमवार सबैभन्दा बढी गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर मूल्य ५.२१ अंकले घटेको छ ।
सोमवार सबैभन्दा बढी कारोबार हुनेमा भने शिवम् सिमेन्टको शेयर रहेको छ । यसको ४ लाख ५४ हजार कित्ता शेयरको ३१ सय ९२ पटकको किनबेचबाट ३८ करोड रुपैयाँ मूल्यको कारोबार भएको छ । यो मूल्य नेप्सेमा कारोबार भएका कम्पनीमध्येको सबैभन्दा बढी मूल्यको हो ।