२९ बैशाख २०८३, मंगलवार
मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।
जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।


पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए । गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।