२९ बैशाख २०८३, मंगलवार
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज बिहान देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।