नेबिसंघ र सुशील कोइराला सर्कलले गैँडाकोटबाट एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने

होमल्याण्ड खबर

२०७९ श्रावण १९ गते, बिहीबार ११:१२ मा प्रकाशित

गैँडाकोट नगर क्षेत्रबाट २०७८ सालको एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आगामी शनिबार गैँडाकोटमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने भएका छन् । आयोजक दुई संस्थाले बुधबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मान कार्यक्रमबारे जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिए ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सोसलिष्ट युथ सर्कलका जिल्ला अध्यक्ष पवन कार्कीले विद्यार्थीहरुलाई प्रेरणा पुगोस् भनेर विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरिएको बताएका छन् । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेविसंघ नगर संयोजक रमेश कोइरालाले साउन २१ गते आयोजना गर्न लागिएको कार्यक्रममा एक हजार तीन सय ५१ जना विद्यार्थीलाई मायाको चिनो र प्रमाणपत्रबाट सम्मान गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटा, गैँडाकोट ९ का वडा सदस्य ज्ञानप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।