२९ बैशाख २०८३, मंगलवार
लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका– ७का २७ वर्षीया मनजिता सहनी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत झापाको २०७५ माघ १६ गतेको फैसलाले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको थियो । फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


उनलाई जिल्ला अदालत झापाको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।