२९ बैशाख २०८३, मंगलवार
मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ। ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।

