समाजवादी पार्टीको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १४:२९ मा प्रकाशित

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक बस्ने भएको छ । बैठक साउन २१ गते (शनिबार) बस्ने भएको हो ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने जनाईएको छ ।

साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे पनि छलफल हुने भएको छ ।