ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ श्रावण २२ गते, आईतवार ११:१० मा प्रकाशित

गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगा रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।