थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ श्रावण २३ गते, सोमबार १५:४९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।