३ चैत्र २०८२, मंगलवार
नेकपा (एकीकृत समाजवादी)की सांसद निरुदेवी जैरुलेनागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमिनी’ जस्ता नाम लेख्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले ती कर्मचारीलाई गृहमन्त्रालय बोलाएर निलम्बित गर्नुपर्ने माग गरेकी हुन् । उनले ६० लाख दलितका भोटले निर्वाचित भएका माननीयहरुलाई मरेतुल्य भएको जिकिर गरिन् ।


सांसद जैरुले उक्त विषयलाई गृह मन्त्रालयले सम्बोधन गर्ने भनेपनि ती व्यक्तिलाई खोजेर नागरिकता सच्चाउने अवस्था आफूले नदेखेको धारणा राख्दै मन्त्रालयको ध्यानाकर्षण गराईन्् ।