भिभो वाई–१५ सी सार्वजनिक

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १०:५८ मा प्रकाशित

भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन वाई–१५ सी सार्वजनिक गरेको छ। यसमा ६।५१ इन्चको हेलो फूलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ।

५००० एमएएचको ब्याट्री रहेको स्मार्टफोनमा साइड माउन्टेड फिंगरप्रिन्ट, एआई डुअल क्यामेरा र ५ भोल्टको रिभर्स चार्जिङ छ। जसलाई पावर बैंकजस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

भिभो वाई–१५ मा फेस ब्युटी, लाइभ फोटो, टाइम ल्याप्स, पानोरामा र प्रो मोड रहेको छ। यसको आई प्रोटेक्सनले गर्दा आँखालाई कुनै हानी नगर्ने कम्पनीको दाबी छ। स्मार्टफोन ८।२८ एमएम पातलो छ।

वाई–१५ सी मिस्टिक ब्लु र वेभ ग्रीन रंगमा उपलब्ध छ। ३ जीबी र्‍याम र ३२ जीबी रोम रहेको स्मार्टफोनको मूल्य १७ हजार ९९९ तोकिएको छ।