बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १२:४४ मा प्रकाशित

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता कारखानामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताएका छन् । ‘आगलागीको खबर आएको र कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको जानकारी दिंदै मैनानीले भने, ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’