पर्साबाट १४३ किलो गाँजा बरामद

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १३:१५ मा प्रकाशित

पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ ।

बहुअरी चोकमा रोकी राखेको यूपी७५एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार राति ११ बजे ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामदभएको हो ।

पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गर्न सफल भएको थियो ।

खान तलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।