भक्तपुरबाट पाँच जना जुवाडें पक्राउ

होमल्याण्ड खबर

२०७९ श्रावण २६ गते, बिहीबार १४:४३ मा प्रकाशित

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा राईसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।