काठमाडौंका मेयरलाई योगेश भट्टराईको सुझावः फोहोर व्यवस्थापनको एमालेलसंग सहयोग लिनुहोस्

होमल्याण्ड खबर

२०७९ श्रावण २९ गते, आईतवार १४:१२ मा प्रकाशित

नेकपा एमालेका नेता तथा सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारको भरपर्ने हो भने असफल हुने निश्चित भएको बताए ।

उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएको भन्दै त्यस काममा एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको पनि बताए ।

उनले ७१ दिनसम्मपनि काठमाडौंको फोहोर नउठेको भन्दै यस विषयमा सरकारले पनि केही पहल नगरेको आरोप लगाए ।

फोहोर व्यवस्थापनको विषयमाकाम गर्ने सरकारको हुतीनभएको भन्दै उनले काठमाडौंका मेयर बालेन शाहालाई एमालेसँग मिलेर काम गर्न आग्रहपनि गरे ।