२३ बैशाख २०८३, बुधबार
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी बलियो अवस्थामा पुगेकाले सम्पूर्ण ध्यान जनताको काममा लगाउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
वैशाख ३० गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सोमबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘तर गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने पनि परेको छ। त्यस्तो होइन। जनतामा जानुपर्छ।’


उनले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै अबको ध्यान मंसिर ४ गतेका लागि लगाउनुपर्नेमा जोड दिए। अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौँ। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जाऊँ। मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन दिन्नँ।
कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नु परेको बताउँदै उनले स्थानीय तहले जनताको मन जित्नुपर्नेमा जोड दिए । उनले जनताभन्दा ठूलो कोही छैन । जनता यो देशका मालिक हुन् । जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । उनले पार्टीका सबै नेताहरुलाई जनतामा जान आग्रह गरे । उनले स्थानीय तहले राम्रोसँग काम गरेमा गाउँगाउँमा सिंह दरबार भन्ने नारा स्थापित हुने बताए।
देउवाले बढी सिटमा उम्मेदवारी भन्दा वढी सिट कसरी जित्ने भन्ने कुरा ठूलो भएको पनि बताए । ‘स्थानीय तहमा पनि तालमेल गरेरै गयौं, प्रतिनिधीसभा र प्रदेश सभामा पनि तालमेल गठबन्धन नै गरेर जाादैछौं,’ प्रधानमन्त्री देउवाले जनप्रतिनिधीहरुसँग भने,–‘सबै कांग्रेसले जित्छ भनेर नठान्नु होला, बढी सिटमा उम्मेदवारी खोज्ने भन्दा बढी सिट जित्ने कुरा अहिले ठूलो हो । त्यसरी लाग्नुहोला ।’