२९ बैशाख २०८३, मंगलवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरुलाई लागू पदार्थ दुव्र्यसनीबाट मुक्त गराउनका लागि खेलकूदमा सहभागि गराउनुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकूद संघको वाग्मती प्रदेश काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण तथा इकाई गठन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले खेलकूदले अनुशासन र व्यक्तित्व विकास मात्र नभै दुव्र्यसनी हुनबाट पनि जोगाउने बताएका हुन् । युवालाई लगत बाटोमा जानबाट रोक्नका लागि पनि संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन थापाले सुझाब दिएका छन् । संघका गतिविधिले नेपाली कांग्रेसलाई मात्र फाइदा हुने नभै समाजलाई पनि फाइदा पुग्ने भएकाले जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । उनले आफू पनि सानैदेखि फुटबल खेल्ने भएकाले साही बाटो समात्न सफल भएको बताए ।
बाइट १
(नेपालको पछिल्लो समयको एकदम बाहिर नदेखेको कम छलफल भएको तर असाध्यै ठूलो समस्याको विषय बनेर आएको भनेको लागूपदार्थको दुव्र्यसनीको विषय । यति धेरै परिवार प्रताडित छ । यो विषय हाम्रो छलफलको विषय नै बनेको छैन । मैले मेरो जीवनमा गरेको अनुभवको आधारमा जुनसुकै खेल होस्, चाहे त्यो मार्सल आट्स होस, चाहे त्यो एथलेटिक्स होस्, चाहे त्यो फुटबल, बासकेटबल जुनसुकै होस्, कुनै पनि स्पोट्समा मरेर लागेको मान्छे छ भने ड्रग्समा लाग्ने चान्स एकदमै कम हुन्छ । त्यसकारण नेपाल लोकतान्त्रिक खेलकूद संघले खेलकूदमा २०–२५ जना मान्छेलाई इनकरेज गर्यो भने पनि त्यो ठूलो सेवा हो ।)
संघलाई बलियो संस्थाका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै थापाले पार्टीका तर्फबाट आफू सहयोग गर्न तयार रहेको बताए । तर संघलाई बलियो बनाउनका लागि पदाधिकारी पनि सक्रिय हुनुपर्ने थापाको भनाई छ । संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन पनि थापाले सुझाब दिएका छन् ।

