२९ बैशाख २०८३, मंगलवार
बरहथवानगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको, सुनको सिक्री र ब्रास्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेकोनगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलि ग्रामतौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहितउनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।
नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो ।