भाषण गरेर मात्र समाज बदल्न सकिदैनः संचार मन्त्री कार्की

होमल्याण्ड खबर

२०७९ श्रावण ३१ गते, मंगलवार १६:४४ मा प्रकाशित

सुचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत व्यक्तिहरुलाई बधाई दिँदै समाजलाई केवल भाषण गरेर बदल्ने विचार व्यक्त नगरी कार्यन्वयन पनि गर्नुपर्ने बताएका छन् ।

जन आकाश साप्ताहिकको १५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पू¥याएका श्रष्टाहरुलाई सम्मान तथा ‘आउ न साथी आउ बोलको गित एबम लोकापर्ण कार्यक्रममा बोल्दै उनले श्रष्टाहरुबाट समाजले जे अपेक्षा बोकेको छ त्यही अनुरुप सबै अगाडी बढ्न आवश्यक भएको बताएका छन् ।

कार्यकममा बोल्दै उनले समाजको नाम आकर्षक गर्ने ,काम गर्ने र दक्षिण एसियामा नेपाललाई खुल्ला समाजमा रुपान्तरण गर्ने केन्द्रको रुपमा विकास गर्नसरकार सधैे प्रतिबद्धता रहने बताए ।