तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवकको मृत्यु

होमल्याण्ड खबर

२०७९ भाद्र १ गते, बुधबार १२:०२ मा प्रकाशित

तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा अरिँगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुहानडाडाँका पृथ्वीबहादुरका छोरा अन्दाजी २८ वर्षका मिलन कन्दङ्वा लिम्बू रहेको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।

गएराति केही समूहका साथ चुहानडाँडाकै हिले भन्ने ठाउँमा अरिँगाल पोल्न गएको र सोही क्रममा अरिँगालले टोकेको प्रहरीले बताएको छ ।

अरिँगाको टोकाइपछि गम्भीर भएका उनको झापास्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।