संगठन निर्माणको कार्यलाई तीव्र रुपमा जोड दिएको छौं : राष्ट्रवादी महिला संघ

होमल्याण्ड खबर

२०७९ भाद्र १ गते, बुधबार १४:१६ मा प्रकाशित

राष्ट्रवादी केन्द्र नेपालको भातृ संगठन राष्ट्रवादी महिला संघको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । आज देखि सुरु भएको सम्मेलनमा बोल्दै संयोजक रञ्जु बानियाँ थापाले संगठन निर्माणको कार्यलाई तीव्र रुपमा जोड दिएको बताईन् ।

उनले देशमा भ्रष्टचार, दलाल र यूवाहरुलाई विदेशमा बेच्ने व्यवस्था सिर्जना भएको आरोप लगाउँदै यसको अन्त्यको लागि आगामी दिनमा आन्दोलनमा जाने चेतावनी दिईन् ।
थापाले महिला संघ नेपाल राष्ट्रियता, धर्म–संस्कृत, जनजीविकाका सवालमा आवाज उठाउँदै अगाडी बढिरहेको जिकिर गरिन् । उनले स्वास्थ्य–शिक्षा निःशुल्क पाउने नेपालीको अधिकार भएपनि राज्यले यसबाट नागरिकलाई बञ्चित गराएको टिप्पणी गरिन् ।

देशलाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र, शिक्षा–स्वास्थ्य निःशुल्क र संघियता खारेज हुनुपर्छ भन्ने माग गरेको उनको भनाई छ ।