दाङमा दुई थान बन्दुक बरामद

होमल्याण्ड खबर

२०७९ भाद्र १ गते, बुधबार १५:०२ मा प्रकाशित

गढवा गाउँपालिका–१ मलमलास्थित डिल बहादुर कुमालको घरबाट १थान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको १ नाल बन्दुक प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त घरमा गङ्गेश्वर कुमालले लुकाई राखेको उक्तबन्दुकहरू फेलापारी बरामद गरेको हो ।

हाल फरार उनीहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फाइल तस्बिर