९ मंसिर २०८१, आईतवार
सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ। बुधबार, नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० अंक विन्दुमा आइपुगेको छ। आज ३४ लाख ९७ हजारको कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उपसमूहतर्फ बैंकिङ, होटल एण्ड टुरिजम, अन्य, लाइफ इन्सोरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आज १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।त्यसैगरि, श्वेत गंगा हाइड्रोपावरमा १०५, मन्दाकिनी हाइड्रोपावरमा ९.९९५, अपर हेवाखोला हाइड्रोपावरमा ९.९९५, अपर सोलु हाइड्रोमा ९.९८५, सपोर्ट माइक्रोफाइनान्समा ९.९८५ र दोर्दी खोला जलविद्युतमा ९.१७ प्रतिशतको सर्किट लागेको छ ।
आज रिडी पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १८ करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ९० लाख , नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसी फाइनान्सको ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।