कर्मचारी समायोजन मुद्दाको निर्णय आइतबार

होमल्याण्ड खबर

२०७९ भाद्र २ गते, बिहीबार ११:३२ मा प्रकाशित

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आइतबार सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति सारेको हो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि हिजोको मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

सर्वोच्चले अन्तिम फैसला नसुनाउँदा लोकसेवा आयोगले निजामती सेवाका हजारभन्दा बढी पदमा ३ वर्षदेखि पदपूर्ति गर्न सकेको छैन ।