एकीकृत समाजबादीले बनायो उम्मेदवार छान्ने ८ बुँदे मापदण्ड

होमल्याण्ड खबर

२०७९ भाद्र २ गते, बिहीबार १४:२१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार चयनको मापदण्ड बनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि ८ बुँदे मापदण्ड तयार पारेको हो । पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको सिफारिस एवं छनोट गर्दा कुन आधारमा गरिने भन्ने नेकपा एकीकृत समाजवादीले मापदण्डको आधार तय गरेको हो ।

महासचिव बेदुराम भुसालले बिहिबार वक्तब्य दिएर यससम्वनधी जानकारी दिएका हुन् । भदौं २० सम्ममा उम्मेदवार चयन गरिसक्ने गरी मापदण्ड बनाइएको छ ।

यस्तो छ एकीकृत समाजवादीको उम्मेदवारका मापदण्ड सम्बन्धमा
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको सिफारिस एवं छनोट गर्दा आधार बनाउनका लागि निम्न प्रकारका मादण्ड तय गरिएको छ :
क) पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको ।
ख) विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
ग) पार्टी र क्रान्तिप्रतिको निष्टा र अनुशासनमा दृढ ।
घ) आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
ङ) जनतामा स्थापित एवं लोकप्रिय ।
च) स्वच्छ छवि भएको र सुशासनको पक्षपाति ।
छ) कार्यक्षमता राम्रो भएको र सक्रिय ।
ज) समावेशीताको सिद्धान्त विपरित नहुने ।

सिफारिस एवं निर्णय प्रक्रिया सम्बन्धमा
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रकृया निम्नानुसार तय गरिएको छ :

क_ प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने । जिल्ला कमिटीले उक्त चारजनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तिनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने । प्रदेश कमिटीले उक्त तिनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने । केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तिनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन निर्णय गर्ने ।

ख) प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पm उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने । जिल्ला कमिटीले उक्त चारजनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तिनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने । प्रदेश कमिटीले उक्त तिनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने । केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तिनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन निर्णय गर्ने ।