प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

होमल्याण्ड खबर

२०७९ भाद्र ५ गते, आईतवार १०:०६ मा प्रकाशित

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७/०७८’ पेस हुने कार्यसूची छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।