३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।
आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।

