गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा

होमल्याण्ड खबर

२०७९ भाद्र ५ गते, आईतवार १६:३६ मा प्रकाशित

नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे ।

शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।