‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने भवनमाथि महानगरको कारवाही

होमल्याण्ड खबर

२०७९ भाद्र ६ गते, सोमबार १६:१० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’ स्वीकृति लिएर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुमाथि कारबाही प्रक्रिया सुरु गरेको छ। नयाँ बानेश्वर क्षेत्रमा रहेका त्यस्ता भवनहरुमा सोमबार ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउनका लागि त्यहाँ बनाइएका पसलहरु महानगरले हटाउँदैछ।

नयाँ बानेश्वरमा ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएका करिब २० वटा घरहरु रहेको महानगरले जनाएको छ। महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो। जसको अनुगमनको लागि आइतबार मेयर बालेन्द्र शाह आफैं बानेश्वर पुगेका थिए।

महानगरले दिएको सो समयसीमा सकिएपछि अण्डर ग्राउण्ड पार्किङको स्थानमा बनाइएका अन्य संरचना भत्काएर पार्किङ खुलाउन लागिएको हो।