३ चैत्र २०८२, मंगलवार
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनमा सिट बाँडफाँटका विषयमा शीर्ष नेताहरुबीच छलफल हुने भएको हो।


सोमबार बसेको बैठकमा दलहरुबीच सिट बाँडफाँटमा सहमति नजिक पुगेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिए । उनले भने, “बैठक निष्कर्षको नजिक पुगेको छ । आज तीन बजे फेरि बैठक बस्नेछ ।”
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।
पछिल्लो समय, कार्यदलले गठबन्धनका शीर्ष नेताहरुसमक्ष बैठकका विवरण पेश गर्नुका साथै सिट बाँडफाँटमा थप गृहकार्य गर्दै आएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुँदै आएका छन् ।