३ चैत्र २०८२, मंगलवार
प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा बैठक एक साता पर सारिएको हो ।
एमालेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै बैठक नराख्न स्थगित गर्न आग्रह गरेको थियो ।


एमालेले सभामुख अग्नि प्रसाद सापकोटासँग बैठक स्थगित गर्न माग गरेको थियो । अर्को बैठक भदौ १३ गते बिहान ११ बजे बस्ने भएको छ ।