२९ बैशाख २०८३, मंगलवार
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।


सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ ।