काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।  जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।