बालेनले आजै कोटेश्वरको फुटपाथ र पार्किङ पनि अनुगमन गर्ने

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १४:४४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् । बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ । बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।