पेशीका लागि तोकिएको पल साहविरूद्दको मुद्धा स्थगित

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १६:०२ मा प्रकाशित

जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको बुधबार (आज) तोकिएको पेशी स्थगित गरिएको छ ।

साहविरूद्दकाे मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा साहको मुद्दा पेशीका लागि तोकिएको थियो । साहविरुद्ध नाबालिग गायिकाले जबर्जस्तीकरणी गरेको आरोप लगाएपछि साह जेलमा रहेका छन् ।