३ चैत्र २०८२, मंगलवार
सत्तारुढ पाँच दल र सिट बाँडफाँट समितिको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँटका लागि बसेको बैठक अन्य विषयमा छलफल गरेर टुंगिएको हो ।
आजको बैठकमा सिट बाँडफाँटबारे कुनै छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए । बैठकले कार्यदललाई १६५ वटा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएको छ ।


कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलको बैठक पुनः ४ बजे बस्ने जानकारी दिए ।