३ चैत्र २०८२, मंगलवार
नेकपा (माओवादी केन्द्र)ले आगामी प्रदेश र संघको निर्वाचन लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका विभिन्न कमिटिलाई मजबुत बनाउन दौडाहामा छन् ।
प्रचण्डले आईतबार माओवादी केन्द्रको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीबीच बैठक तथा प्रशिक्षण दिँदै छन् ।


प्रचण्ड शनिबार मात्रै लुम्बिनी प्रदेशको रुपन्देही पुगेका थिए । रुपन्देहीको बुटवलमा उनले पार्टीको लुम्बिनी प्रदेश समिति बैठकमा सहभागी भएर प्रशिक्षण दिएका थिए । उनी शुक्रबार प्रदेश नम्बर–१ केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुलाई धरान पुगेर प्रशिक्षण दिएका हुन् ।
भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।