२९ बैशाख २०८३, मंगलवार
काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
कारवाहीमा पर्नेमामदिरा पिएर सवारी साधनचलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यकहर्न बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधनचलाउने १९३ जना रजथाभावीयात्रु चढाउने तथाओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।


यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घनगर्ने ७६ जना, लेन उल्लङ्घनगर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधनचलाउने ६० जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३० जनाचालकलाई पनि कारवाहीगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।