रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो

होमल्याण्ड खबर

२०७९ भाद्र १२ गते, आईतवार १३:५६ मा प्रकाशित

काठमाडौं महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने क्रममा आज रत्नपार्क क्षेत्रमा एक्सन लिएको छ ।

नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

भत्काउनुअघि व्यापारीलाई समान हटाउन निर्देशन दिइएको थियो ।