शान्ति सुरक्षाको माग गर्दै त्रिवि

होमल्याण्ड खबर

२०७९ भाद्र १२ गते, आईतवार १५:३४ मा प्रकाशित

त्रिभुवन विश्व विद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्ने नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ ।

आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजीगर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन गरेको थियो, जसमा नेकपाएमाले निकट अनेरास्ववियुकाकार्यकर्ता पनि सामेल थिए ।

त्यस क्रममा दुवैपक्ष बीचकुटपिट हुदाँ चारजना घाइते भए । तनाव सिर्जना भएको घटनामा नेविसंघको नेतृत्व गर्ने रावल हरि आचार्य नेतृत्वको नेविसंघ कमिटी सचिवहुन् ।

यसै सन्दर्भमा त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिक जसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग पनि गरेका थिए ।