आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

होमल्याण्ड खबर

२०७९ भाद्र १३ गते, सोमबार १६:२० मा प्रकाशित

रुपन्देही । आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन रहेका छन् । उनलाई आफ्नै ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।