कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

होमल्याण्ड खबर

२०७९ भाद्र १४ गते, मंगलवार ११:१५ मा प्रकाशित

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपराह्न तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।