महिलाहरुसँग ओलीको आग्रह – एमालेको अभियानलाई साथ दिनुस्

होमल्याण्ड खबर

२०७९ भाद्र १४ गते, मंगलवार १३:४४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियानमा महिला दिदीबहिनीहरुको साथ खोजेका छन् । हरितालिका तीजको सुभकामना सन्देश दिँदै ओदीले एमालेले सामाजिक परिवर्तन, विकास सुशासन, स्वच्छता र पारदर्सिताको आन्दोलन अगाडी बढाएको र त्यसका लागि सम्पूर्ण महिलाहरुको साथ आवश्यक रहेको बताएका हुन् ।

सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गदैं समाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न सम्पूर्ण महिलाहरुलाई प्रेरणा दिने आफुले विश्वास लिएको भन्दै ओलीले एमालेलाई साथ दिन महिलाहरुसँग आग्रह गरेका हुन् । एमालेले राष्ट्रको अभिारा पूरा गर्ने स्पष्ट नीतिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्ने गन्तब्य निर्धारण गरेको भन्दै ओलीले शुभकामना सन्देशमा समाजका सवै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको गन्तब्यमा मुलुकलाई पु¥याउन आवश्यक रहेको बताएका छन् ।

ओलीले भनेका छन्,–‘त्यसका लागि हामी स्पष्ट नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवाधिक लक्ष्यहरु सहित अघि बढिरहेका छौं । राष्ट्रको अभिारा पूरा गर्न एमालेले अघि सारेको समाजिक परिवर्तन, विकास सुशासन, स्वच्छता र पारदर्सिताको यस आन्दोलनलाई सफल बनाउन समस्त महिला दिदी वहिनीहरुको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।’