३ चैत्र २०८२, मंगलवार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन सुरु भएको छ । समिति सदस्य प्रमोद साहले उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा प्रश्न सोधिने बताए ।
संसद सचिवालय सिंहदरबारमा बुधवार बसेको बैठकमा चोलेन्द्रसँग बयान शुरू भएको हो ।


समितिका जेष्ठ सदस्य कांग्रेस सांसद रामबहादुर विष्ट सभापति रहेको समितिमा चोलेन्द्रले आफूमाथि लागेको आरोपबारे जवाफ दिन लागेका हुन् । बयानका लागि चोलेन्द्र ११ बजे नै सिंहदरबार पुगेका थिए ।
अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेकोजस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले चोलेन्द्रविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ ।
साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले चोलेन्द्रसँग बयान लिनेछन् । महाभियोग प्रस्ताव दर्ता भएपछि चोलेन्द्र फागुन १ गतेदेखि निलम्बित छन् ।