काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

होमल्याण्ड खबर

२०७९ भाद्र १५ गते, बुधबार १५:३८ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् । बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार  बन्‍न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।