कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट चुनाव लड्दै

होमल्याण्ड खबर

२०७९ भाद्र १६ गते, बिहीबार १३:२० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज (बिहीबार) बसेको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि २०७४ सालमा भएको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग हारेका थिए ।

काठमाडौंबाट चुनाव लड्न गरिएको आग्रह उनले नकारिसकेका छन् ।

प्रेम एकातिर र घरजम अर्कोतिर गर्ने कुरा आफूबाट नहुने भन्दै शर्माले गृहजिल्ला झापाबाटै चुनाव लड्ने घोषणा गरेका थिए ।