३ चैत्र २०८२, मंगलवार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले महाभियोग सिफारिस समितिमा दोस्रो दिनको बयान सकिएको छ ।
जबराले बुधबारदेखि बयान सुरु भएको उक्त समितिको बैठकमा बिहीबार २ वटा प्रश्नको जवाफ दिएका छन् । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा चोलेन्द्रले अहिलेसम्म ६ वटा प्रश्नको जवाफ सकेका छन् ।


आजको बयान सकिएसँगै चोलेन्द्रले अर्को बयान भदौ १९ गते ११ बजे दिने समितिका सभापति रामबहादुर विष्टले बताए ।
प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ जबराले दिएका छन् ।