राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

होमल्याण्ड खबर

२०७९ भाद्र १७ गते, शुक्रबार १०:४७ मा प्रकाशित

राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक छलफलपछि पारित गर्ने तयारी छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे ।

समितिमा छलफलपछि हुबहु पारित भएकाे छ ।