सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

होमल्याण्ड खबर

२०७९ भाद्र १९ गते, आईतवार ११:४४ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।
यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुन छलफलका लागि नेताहरुलाई डाकिएको छ ।